पार्टी र जनताको घेराबन्दीमा परेको भन्दै सांसद साँवाले प्रदेशसभामा मागे गुहार
फरकधार / ८ साउन, २०७९

प्रदेश १ को नामकरण हुँदा गोप्य मतदानको व्यवस्था गर्न सांसदले माग गरेका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा नेकपा (एमाले) का सांसद सर्वध्वज साँवाले गोप्य मतदानको माग गरेका हुन् । 



प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै उनले प्रदेश नामकरणका विषयमा पार्टीले र जनताले फरकफरक डण्डा चलाउने भन्दै ज्यान बचाउनै गाह्रो हुने भएकाले गोप्य मतदानको व्यवस्था गर्न माग गरे । 

‘हामीलाई बलीको बोका बनाउन खोजियो । गुहार, गुहार, गुहार, । हामी खतरामा छौं, हामीलाई बचाउनुस्’ उनले भने, ‘कोसी राख्न पार्टीले डण्डा चलाउने अनि जनताले पहिचान नराखे देखाइदिने भनिरहेका छन् र हामी घेराबन्दीमा परेका परेका छौं ।’ 



उनले आफूहरू पार्टी र जनताको दोहोरो घेराबन्दीमा परेको गुनासो गरे । 



  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार १८:५७:४०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया