प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
आइतबार साँझ भएको भेटवार्तामा देउवाले चुनावको मिति घोषणाका विषयमा परामर्श गरेको बुझिएको छ ।
करिब एक घन्टा लामो भेटवार्तामा उनले यसबारे राष्ट्रपति भण्डारीसँग छलफल गरी सुझाब लिएका हुन् ।
निर्वाचन आयोगले ४ मंसिरमा चुनाव गर्न प्रस्ताव गरेको छ । सोहीअनुसार देउवाले आगामी मन्त्रिपरिषद बैठकबाट चुनावको मिति घोषणा गर्ने तयारी गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।