डेली अली चम्कदा प्रि-सिजन टुरमा एभर्टनको पहिलो जित

प्रि–सिजन क्लब मैत्रीपूर्णअन्तर्गत गएरातिको खेलमा इंग्लिस क्लब एभर्टन विजयी भएको छ । ऊ च्याम्पियनसिप क्लब ब्ल्याकपुलमाथि ४–२ ले विजयी भएको हो । 

ब्ल्याकपुलस्थित ब्लुमफिल्ड रोड स्टेडियममा खेलको छैटौं मिनेटमा भिटाली माइकोलेन्कोको गोलबाट एभर्टनले अग्रता लिएको थियो । १० औं मिनेटमा टोम डाभिसले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे ।

४४ औं मिनेटमा ब्ल्याकपुलका गारे माडिनले गोल गरेपछि पहिलो हाफ २–१ को स्थितिमा पुग्यो । ४७ औं मिनेटमा डेली अलीले गोल गर्दै एभर्टनलाई ३–१ ले अघि बढाए । ५० औं मिनेटमा क्यालुम कोन्नोलीले गोल गर्दै घरेलु टोलीलाई ३–२ को अवस्थामा ल्याए ।

६४ औं मिनेटमा अलीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–२ को जित दिलाए । प्रि–सिजनमा एभर्टनको यो पहिलो जित हो । यसअघि उसले आर्सनल र मिनेसोटासँग हार बेहोरेको थियो । 





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार ७:३४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया