सेप्टेम्बरसम्म दक्षिणी युक्रेन फिर्ता ल्याउँछौँ : युक्रेनी सेना

फेब्रुअरीको सुरुमा रुसी सेनाको हातमा परेको युक्रेनको दक्षिणी क्षेत्र खेरसनलाई सेप्टेम्बरसम्म फिर्ता ल्याउने युक्रेनका एक अधिकारीले दाबी गरेका छन् । 

‘हामी भन्न सक्छौं कि खेरसन क्षेत्र निश्चितरूपमा सेप्टेम्बरसम्म मुक्त हुनेछ । र, सबै कब्जाकर्ताहरूको योजना असफल हुनेछ’, खेरसन क्षेत्रका प्रमुखका सहयोगी सेर्गी खलानले युक्रेनी टेलिभिजनसँगको एक अन्तर्वार्तामा भने ।

युक्रेनी सेनालाई पश्चिमा देशहरूले लामो दूरीको तोपखाना सहयोग कारण पछिल्ला सातामा दक्षिणी खेरसोन क्षेत्रको केही भाग रुसले फिर्ता गरिरहेको छ ।

‘हामी भन्न सक्छौं कि युद्धको मैदानमा एक मोड आएको छ । हामीले देख्छौँ कि युक्रेनको सशस्त्र बलहरू उनीहरूको सबैभन्दा भर्खरकै सैन्य कारबाहीमा विजयी छन्’, खलानले भने ।

दक्षिणी खेर्सानका दुई प्रमुख पुल, रुसी हतियार भण्डारहरू र कमाण्ड पोस्टहरूमा युक्रेनी सेनाले हालै हमला गरेका थिए । ती हमला उक्त क्षेत्र फिर्ता गर्ने तयारीको हिस्सा भएको जनाइएको छ ।  





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार ७:५८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया