मन्दाकिनी हाइड्रोपावरको आइपिओ खुल्यो

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आजबाट सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ । कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । 

जसमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

१२ साउनसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । 

यसमा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल लिमिटेडले गरेको छ ।  





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार ८:३७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया