दक्षिणी जापानमा ज्वालामुखी विस्फोट

दक्षिणी जापानमा ज्वालामुखी विस्फोट भएपछि दर्जनौं मानिसहरूलाई आफ्नो घर छोड्न आग्रह गरिएको छ । राष्ट्रिय मौसम निकायले पहाडको लागि उच्च चेतावनी जारी गरेको छ । 

टेलिभिजन फुटेजमा रातो–तातो चट्टानहरू र कागोशिमाको साकुराजिमा ज्वालामुखीबाट विस्फोट भएको देख्न सकिन्छ । प्रधानमन्त्री फुमियो किसिदाले सरकारलाई स्थानीय नगरपालिकासँग मिलेर काम गर्न निर्देशन दिएका छन् । 

स्थानान्तरणमार्फत क्षति रोकथाम सुनिश्चित गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् । आइतवारको विस्फोटले क्रेटरबाट करिब २.५ किलोमिटर (१.५ माइल) ठूला सिन्डरहरू निस्कियो, जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले जनाएको छ । 

ज्वालामुखीको धुँवा करिब ३०० मिटर उचाइसम्म पुगेर बादलमा विलीन भएको थियो । 





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार ८:४४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया