सांसद राईको प्रश्न - मुख्यमन्त्री हिंसा भड्काउन उद्दत बने, नामकरणको प्रस्ताव किन टेबुल नगरेको ?

प्रदेश १ को प्रदेशसभा बैठकमा सांसदहरूको नामकरणको प्रस्ताव टेबुल गर्न माग गरेका छन् । सोमबार प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै नेकपा (एमाले) की सांसद बिनादेवी राईले सरकारसँग नामकरणको प्रस्ताव टेबुल गर्न माग गरेकी हुन् । 

उनले पाँच दलीय गठबन्धन सरकारका मुख्यमन्त्री राजेन्द्र राईले नामकरणको प्रस्ताव प्रदेश सभा टेबुल नगरि जनता भड्काउँदै हिँडेको आरोप लगाइन् । ‘यो सरकार विपक्षमा हुँदा नाम राख्न किन ढिलो भनिरहन्थ्यो, दबाब दिई रहन्थ्यो । आज आफै सरकारमा हुनुहुन्छ । सरकार के गरेर बसिरहेको छ ?’ उनले भनिन्,‘सरकारको मुख्यमन्त्री जनतालाई उचाल्ने काम गरिरहनुभएको छ । किराँत बनाउँछु, छिटै नामकरण गर्छु भरिरहनुभएको छ । तर, प्रस्ताव टेबुल गर्नुहुन्न ।’ 

उनले प्रदेशसभामा सरकारले नामकरणको प्रस्ताव ल्याउने प्रावधान रहे पनि मुख्यमन्त्री राईले प्रस्तावनै नल्याई जनता भड्काउने काममा उत्रिएको बताइन् । ‘जनता सडकमा आन्दोलित अवस्थामा छन् । तर सरकारको मुख्यमन्त्रीले नामकरणको विषयमा संसदमा किन टेबुल नगरेको हो ?’ उनले भनिन्,‘सरकार आफै हिंसा भड्काउने कार्यमा उद्दत छ । प्रदेशका जनताको भावना अनुसार तत्काल नामकरण गरियोस् भन्ने माग गर्न चाहन्छु ।’ 





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार १५:२५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया