नागरिकता विधेयक र एमसिसी खारेजको माग गर्दै प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी
फाइल तस्बिर

सार्वजनिक कार्यक्रमस्थलमा नै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सोमबार भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको कार्यक्रमलाई सम्बोधन गर्न लाग्दा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी भएको हो । 

नागरिकता विधेयक र एमसिसी खारेजको माग गर्दै प्रधानमन्त्री देउवाविरुद्ध केही युवाले नाराबाजी गरेका हुन् । प्लेकार्डसहित नागरिकता विधेयक खारेज गर, एमसिसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौं जस्ता नारा लगाउँदै युवाहरु विरोधमा उत्रिएका हुन् ।

नाराबाजी लगाएको आरोपमा तीनजना पक्राउ परेका छन् । तर, उनीहरुको परिचय खुलाइएको छैन ।  





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार १७:६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया