धनुषा २ बाट प्रतिनिधिसभामा माओवादी नेता पासवानको दाबी

नेकपा माओवादी केन्द्रका युवा नेता अनिल कुमार पासवानले धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दाबी गरेका छन् । माओवादी केन्द्रले आफूलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने उनको विश्वास छ । 

०५८ सालदेखि नेकपा माओवादी केन्द्रमा सक्रिय रहँदै आएका पासवानले युवा नेतृत्वको आवश्यकतालाई दर्शाउँदै आगामी निर्वाचनमा आफूले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने बताएका छन् ।

जनयुद्धको घाइतेसमेत रहेका उनी जनमुक्ति सेना नेपालको कम्पनी कमान्डरसमेत रहिसकेका छन् । पासवानले माओवादीका विभिन्न मोर्चामा सहभागी भई वाइसिएलको केन्द्रीय सचिवालय पनि सम्हालिसकेका छन् । ​

युवानेता पासवानले पुराना नेतालाई अब विश्रामको आवश्यकता रहेको बताए । पुराना नेता अब पार्टीमा सल्लाहकारको भूमिकामा रहनुपर्ने बताउँदै उनले देशको नेतृत्व अब युवालाई गर्न दिनुपर्ने धारणा राखे ।
 
आफू पार्टीप्रति सदैव बफादार रही काम गर्दै आएकाले पार्टीले आफूलाई टिकटको लागि समेत कुनै उपेक्षा नगर्ने उनले विश्वास व्यक्त गरेका छन् । उनले जातीय सिन्डिकेट ब्रेक गर्नको लागि पनि आफ्नो उम्मेदवारी अपरिहार्य रहने बताएका छन् ।

‘म मेरो क्षेत्र जसले मलाई राजनीति सिकायो, आधार दियो, भरोसा दियो’, पासवानले भने,  ‘आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा म पक्कै पनि उम्मेदवारी घोषणा गर्नेछु ।’

उनले उम्मेदावारी घोषणा गर्ने पवित्र क्षेत्र आफ्नो लागि अर्को नहुने धारणा राखे । ‘मैले यहीँबाट राजनीति सिकेँ, मेरा यहाँ थुप्रै अग्रज हुनुहुन्छ,’ पासवानले भने, ‘यस्तो पवित्र क्षेत्र मेरा लागि अर्को हुनै सक्दैन ।’





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार १८:३०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया