नेपाली चलचित्र छक्कापञ्जा ४ को छायांकन सुरु भएको छ । सोमबार भक्तपुरको सूर्य विनायक मन्दिरमा पूजा गरेर फिल्मको छायांकन सुरु गरिएको हो ।
दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको चलचित्रलाई हेमराज बिसीले निर्देशन गर्नेछन् । आगामी कार्तिकमा फिल्म प्रदर्शन गर्ने टिमको योजना छ । सञ्चारकर्मीसँगको कुराकानीमा कलाकार गिरीले फिल्ममा सहरको कथावस्तु रहेको बताए ।
त्यस्तै, कलाकार केदार घिमिरेले फिल्मको कथावस्तु लेख्न धेरै गाह्रो भएको बताए । आजभन्दा दुई महिनाअघि नै सुरु गर्नुपर्ने भए पनि कथावस्तु सक्न गाह्रो भएको उनको भनाइ छ ।
त्यस्तै, कलाकार जितु नेपालले दीपकराज गिरीसँग कुनै झगडा नभई समय–समयमा आफ्नो स्वभाव र कार्यव्यवस्तताका कारण काम गर्न नपाएको बताए ।
गिरीले पनि जितुसँग आफ्नो कुनै दुस्मनी नरहेको र एक–अर्काका फिल्ममा सबैले फूल लगेर दिने र सफलताको शुभकामना दिने गरेको बताए ।
फिल्ममा दीपकराज गिरी, बेनिशा हमाल, मलिना जोशी, निर्मल शर्मा, केदार घिमिरे, नीर शाह, दीपाश्री निरौलालगायतको अभिनय रहनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।