मेस्सी, नेयमार र एम्बाप्पेको गोलमा पिएसजी विजयी

प्रि– सिजन टुर अन्तर्गत जापान भ्रमणमा रहेको पिएसजीले तेस्रो जित निकालेको छ । 

सोमबार भएको खेलमा पिएसजीले जापानी क्लब गाम्बा ओसाकालाई ६–२ अन्तरले पराजित गर्यो । 

पिएसजीको जितमा नेयमारले दुई गोल गरे । यस्तै, लियोनल मेस्सी, केलियन एम्बाप्पे, नुनो मेन्डिस र पाब्लो सरबियाले समान एक–एक गोल गरे । 

पहिलो हाफमा ४ गोल गरेको पिएसजीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । यस्तै, ओसाकाको लागि केइसुके कुरोकावा र हिरोतो यमामीले एक–एक गोल गरे । 

यस खेलसँगै पिएसजीको जापान टुर सकिएको छ । 





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार १९:३४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया