मतदाता नामावलीका लागि सुर्खेत जिप्रकामा भीड, अवेरसम्म सेवा प्रवाह

आइतबारदेखि सुर्खेतको जिल्ला प्रशासन कार्यालयका कर्मचारीले सेवा समय अतिरिक्त समयमा पनि सेवा प्रवाह गरेका छन् । कार्यालयमा मतदाता नामावली विवरण भर्नेहरुको भीड लाग्न थालेपनि प्रशासनले आफ्नो सेवा समय बढाएको हो ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले चुनावी मिति घोषणा गरिसकेको छैन । निर्वाचन मिति घोषणा भएसँगै नयाँ मतदाता परिचयपत्रका लागि निर्वाचन आचार संहिताले रोक लगाउँछ । सोही व्यवस्थाका कारण प्रशासनमा मतदाता नामावलीका लागि सेवाग्राहीको भीड लागेको हो ।

प्रशासनको कार्यालयमा आइतबार नयाँ मतदाता नामावली विवरण भर्नेको भीड लागेपछि कार्यालयका कर्मचारीले साँझ करिब ७ बजेसम्म काम गरेका थिए । यसका साथै सोमबार पनि कार्यालयमा मतदाता नामावली बनाउनेको भीड कायमै थियो ।

मतदाता नामावली बनाउने सेवाग्राहीको संख्या अत्यधिक भएपछि जिल्ला प्रशासन कार्यालयका कर्मचारीले अधिक समय काम गरेको कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछाने बताउँछन् । उनले भने, ‘निर्वाचन मिति घोषणा भएको त छैन । तर, मिति घोषणा भएसँगै मतदाता परिचयपत्र बनाउन छुट्ने डरले गाउँ–गाउँबाट बाक्लो संख्यामा सेवाग्राही आउनुभएको छ ।’

आधिकारिक रुपमा कार्यालय समय थप नगरि एपनि सेवाग्राहीको सहजताका लागि ढिलो समयसम्म पनि सेवा प्रवाह गरेको उनले बताए । 

आइतबार मात्रै करिब तीन सयजनाले मतदाता परिचय पत्रका लागि विवरण भरेको लामिछानेले जानकारी दिए । सोमबार पनि सोही संख्यामा सेवाग्राहीको उपस्थिति रहेको उनले बताए । 





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार १९:४१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया