भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । 

केही महिनाअघि मात्रै कांग्रेसमा प्रवेश गरेका केसी आगामी दुई वर्षका लागि बोर्ड अध्यक्षमा नियुक्त भएका हुन् ।  

केसी गायन हुँदै अभिनयमा प्रवेश गरेका थिए । उनी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् । उनले १०० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् ।

उनीसँगै दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, सम्झना उप्रेती रौनियार, नरेश पौडेल अध्यक्षको दौडमा रहेका थिए ।





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार २१:१५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया