फिल्म ‘डेसान’को फर्स्ट लुक पोस्टर र प्रदर्शन मिति सार्वजनिक

निर्देशक कमल एक्चै मगरको निर्देशनमा बनेको फिल्म ‘डेसान’ले सोमबार फर्स्ट लुक पोस्टरका साथमा प्रदर्शन मिति सार्वजनिक गरेको छ । महामारीको विषयमा निर्माण गरिएको फिल्म २३ मंसिरमा प्रदर्शन हुनेछ । 

सार्वजनिक दुई डिजाइनमध्ये एउटा पोस्टरमा डेब्यु अभिनेत्री पुनम थापा र डेब्यु अभिनेता निशान चौहान रोमान्टिक अवतारमा देखिन्छन् भने अर्काे पोस्टरमा निशान र पुनमका साथमा नम्रता सापकोटा र भोला सापकोटालाई गम्भीर मुद्रामा प्रस्तुत गरिएको छ । 

पर्फमिङ आर्ट क्रियसनको ब्यानरमा निर्मित फिल्ममा नम्रता, निशान, भोलाराज, पुनमका साथमा कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारुमगरलगायता कलाकारको अभिनय छ । 

चक्रबहादुर महर्जनले खिचेको फिल्मको गीत राजु थापाले लेखेका हुन् भने हरि लम्सालको संगीत अनि प्रताप दास र प्रविशा अधिकारीको स्वर छ । मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मलाई एफडी, जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले वितरण गर्दै छ । 

कोरोना महामारीको त्रासादीमा छायांकन गरिएको फिल्मले भरपुर मनोरञ्जनका साथै उपयोगी सन्देशसमेत प्रवाह गर्ने दाबी निर्माण पक्षको छ । राज थापा काउचाको कथा रहेको फिल्मको स्क्रिप्ट निर्देशक कमल स्वयंले लेखेका हुन् । कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्म नेपालभन्दा पहिला विभिन्न देशमा प्रदर्शन हुने तयारीमा छ । 
 





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार २२:४०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया