राष्ट्रपति भवनबाट चोरी गरेका सुनको जलप लगाएका पितलका ४० वटा सकेट बेच्न खोज्ने तीनजनालाई श्रीलंकाको प्रहरीले पक्राउ गरेको छ ।
जुलाई ९ मा सरकार विरोधी प्रदर्शनकारीहरूले पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेको आधिकारिक निवास र पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघेका निजी घर कब्जा गरेका थिए । त्यसक्रममा प्रदर्शनकारीले विक्रमासिंघेको निजी घरमा आगजानी गरेका थिए ।
विरोधका क्रममा ९ जुलाईमा फोर्टस्थित राष्ट्रपति भवनमा प्रवेश गर्ने तीन जनालाई झ्यालको पर्दा झुन्ड्याउन भित्ताहरूमा टाँसिएका ४० वटा सुनको जलप लगाइएका पित्तलका सकेटसहित पक्राउ गरिएको अनलाइन पत्रिका डेली मिररले जनाएको छ ।
वेलिकाडा प्रहरीले चोरीका सामान बेच्न खोज्दा आइतबार पक्राउ गरेको जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।