प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने युवा छुटे

कमलादीमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रममा नाराबाजी गरेको भन्दै पक्राउ परेका युवाहरू रिहा भएका छन् । उनीहरूलाई सामान्य सोधपुछपछि छोडिएको महानगरीय प्रहरी वृत्त मालीगाउँले जनाएको छ ।

सोमबार प्रहरीले कमलादीबाट सोम शर्मा, विप्लव खड्का, अर्जुन पौडेललाई प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी गरेको भन्दै पक्राउ गरेको थियो । उनीहरू आम युवा समूहको सदस्य भनेर परिचय गराउँदै आएका थिए । 

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सोमबार भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको कार्यक्रमलाई सम्बोधन गर्न लाग्दा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी भएको थियो ।नागरिकता विधेयक र एमसिसी खारेजको माग गर्दै प्रधानमन्त्री देउवाविरुद्ध केही युवाले नाराबाजी गरेका हुन् ।

प्लेकार्डसहित ‘नागरिकता विधेयक खारेज गर,’ ‘एमसिसीको मतियार शेरबहादुर देउवा मुर्दावाद’, ‘राष्ट्रियताको रक्षा गरौँ, स्वाधीनताको रक्षा गरौँ’ जस्ता नारा लगाउँदै युवाहरू विरोधमा उत्रिएका थिए । 





  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार १०:५९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया