नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले गलत तथ्यांकका कारण देश अधोगतितर्फ गएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
मंगलबार सरकारले प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको तथ्यांक विधेयकको बारेमा छलफलमा सहभागी हुँदै सांसद विश्वकर्माले यस्तो बताएका हुन् । उनले सबै क्षेत्रका तथ्यांकलाई दुरुस्त राखे मात्रै मुलुक ठीक बाटोमा हिँड्ने बताए ।
सांसद विश्वकर्माले राष्ट्रिय परिचयपत्रको पनि तथ्यांक हुने भएकोले राष्ट्रिय परिचयपत्रमा भएका जाति विशेष मिथ्यांकलाई सच्याउनु पर्ने बताए । उनले सामाजिक बनावटलाई पहिचानका लागि प्रस्तुत गर्ने सवालमा दलित समुदायका केही जाति वा थरमा आफ्नो विमति रहेको बताए ।
उनले भने, ‘राष्ट्रिय परिचयपत्रको पनि तथ्यांक भएको हुनाले यस्ता मिथ्यांकलाई हटाउने बन्दोबस्त यो ऐनले गर्नेछ र यस्ता तथ्यांक छन् भने अध्यावधिक गरेर हामी अघि जानुपर्छ । सबै क्षेत्रका तथ्यांकलाई दुरुस्त राखे मात्रै मुलुक ठीक बाटोमा हिँड्छ ।’
सांसद विश्वकर्माले अहिलेको तथ्यांक विधेयकले देशको तथ्यांकका समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।