प्रदेश-१ मन्त्रिपरिषद् बैठकः जनतासँग मुख्यमन्त्री कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत

प्रदेश-१ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारअन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयहरूको नाम संशोधन गर्नेलगायत केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । 

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न ६ वटा विषयमा निर्णय गरेको हो । 

बैठकले महालेखा परीक्षकको चौधौं वार्षिक प्रतिवेदन, २०७९ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले जानकारी दिए । 

त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ताव गरेको जनतासँग मुख्यमन्त्री कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ पनि बैठकले स्वीकृत गरेको छ । 

यसैगरी आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्ताव गरेको सार्वजनिक खर्चको मापदण्ड र मितव्ययिता सम्बन्धी निर्देशिका, २०७९ को मस्यौदा र सोही मन्त्रालयको विज्ञसहितको राजश्व अध्ययन कार्यदल गठन गर्ने सम्बन्धको प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ । 

आज बसेको बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्ताव गरेको हामी स्वयंसेवी अभियान कार्यविधि, २०७९ पनि स्वीकृत गरेको मन्त्री कार्कीले जानकारी दिए ।





  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार १६:५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया