गुजरातमा घरेलु मदिरा सेवनबाट २४ जनाको मृत्यु, ४० बढी अस्पताल भर्ना

गुजरातको बोटाड जिल्लामा, घरेलु मदिरा सेवन गरेका २४ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको छ । 

बिबिसी हिन्दीका अनुसार मंगलबार बिहानसम्म यस घटनामा २४ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी बिरामीलाई उपचारका लागि भावनगर, बोटाड र अहमदाबाद पठाइएको छ । 

गुजरातका डीजीपी आशिष भाटियाले भने प्रहरीले अहिलेसम्म रक्सी बनाउने र बेच्ने सहित पाँच जनालाई पक्राउ गरेको छ । 

घटना अनुसन्धानमा सहयोग गर्न गुजरात एटीएस मंगलबार बिहान बोटाड पुगेको छ । भावनगर रेन्जका आईजी अशोक कुमार यादवले डीएसपी दर्जाका अधिकारीले एसआईटीको नेतृत्व गर्ने बताएका छन् ।

यसका अलावा गुजरात एटीएस र अहमदाबाद क्राइम ब्रान्चले पनि यस घटनाको अनुसन्धान थालेका छन्। घटना भएको गाउँका सरपंच जिगर डुंगारानीले घटनामा संयन्त्रको लापरवाही भएको आरोप लगाएका छन् ।





  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार १६:५५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया