यु-१७ राष्ट्रिय टाेलीकाे मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ

नेपाली यू-१७ राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको हाे ।

एन्फाले साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका लागि श्रेष्ठलाई टाेली हेर्ने जिम्मेवारी सुम्पिएकाे हो ।

सन् २०१६ मा एएफसी `ए´ लाइसेन्स प्राप्त गरेका प्रशिक्षक श्रेष्ठले गत सिजनको`ए´ डिभिजन लिगमा थ्री स्टारको टोली सम्हालेका थिए ।

नेपालले साफ यू-१७ र एएफसी यू-१७ एसियन कप छनोटका लागि मंगलबारबाट खेलाडी छनोट सुरु गरेको छ ।

साफ यू-१७ आगामी ५ सेप्टेम्बरदेखि श्रीलंका तथा यू-१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म भियतनाममा हुनेछ ।





  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार १७:२९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया