क्यानका अध्यक्ष चन्दलाई आइसिसी अवार्ड

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट अवार्ड प्राप्त गरेका छन् । उनले ‘आइसिसी लङ सर्भिस अवार्ड’ प्राप्त गरेका हुन् ।

आइसिसीले मंगलबार चन्दलाई क्रिकेटको विकास र विकासमा उनको असाधारण समर्पण र प्रतिबद्धताको सम्मानमा उक्त अवार्ड प्रदान गरेको क्यानले जनाएको छ ।

बेलायतको बर्मिंघममा सम्पन्न आइसिसीको वार्षिक साधरणसभाका दौरान चन्दलाई अवार्ड प्रदान गरिएको थियो । साधारणसभामा  नेपालको तर्फबाट क्यान अध्यक्ष चन्द र कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले सहभागिता जनाएका थिए ।





  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार २०:६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया