प्रजातान्त्रिक गणतन्त्र कंगोमा संयुक्त राष्ट्र शान्ति मिसनमा सहभागी भएका भारतको दुई सीमा सुरक्षा बलका कर्मचारीहरू मंगलबार हिंसात्मक प्रदर्शनका क्रममा मारिएका बलका प्रवक्ताले पुष्टि गरेका छन् ।
विदेश मन्त्री एस जयशंकरले दुई बहादुर भारतीय शान्ति सैनिकको मृत्युमा गहिरो शोक व्यक्त गर्दै दोषीलाई न्यायको कठघरामा ल्याउन माग गरे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कंगोको पूर्वी सहर गोमामा देशमा रहेको राष्ट्रसंघीय मिसन विरुद्ध भएको प्रदर्शनको दोस्रो दिन कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।