फिलिपिन्समा भूकम्प गएको छ । त्यहाँको डोलोरेस नजिक ७.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पको कडा धक्का राजधानी मनिलामा समेत महसुस गरिएको छ । भूकम्पको केन्द्रविन्दु डोलोरेसबाट ११ किलोमिटर दक्षिणपूर्वमा रहेको छ ।
यो राजधानी मनिलाभन्दा ३३६ किलोमिटर टाढा पर्दछ । भूकम्प १० किलोमिटर गहिराइमा थियो । अमेरिकी भौगर्भिक सर्वेले ७.१ म्याग्निच्युटको भूकम्प गएको जनाएपछि कतिपयले ७.३ म्याग्निच्युट रहेको उल्लेख गरेका छन् ।
भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।