हैटीको हिंसामा दुई सय जनाको मृत्यु
तस्बिर : बिबीसीबाट

हैटीको राजधानी पोर्ट–ओ–प्रिन्समा १० दिनको अन्तरालमा भएको सामूहिक हिंसामा दुई भन्दा बढी मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसंघको तथ्यांकले देखाएको छ । मारिनेमध्ये मध्ये झन्डै आधा संख्या गिरोह सँग कुनै सम्बन्ध नभएका बासिन्दा भएको राष्ट्रसंघले जनाएको छ । गिरोहले सिटी सोलेल छिमेकको नियन्त्रणको लागि लडिरहेका छन् ।

गोली हानाहानका कारण सामग्री वितरण हुन नसक्दा पानी र खानाको अभाव भइरहेको स्थानीयले बताएका छन् । एक बासिन्दाले आफ्नो जीवनलाई ‘डर, तनाव र निराशाको चक्र’ भनेर वर्णन गरे।

एक वर्षअघि राष्ट्रपति जोभेनेल मोइसको हत्या पछि गिरोहको हिंसा बढेको थियो । तर, जी ९ र जी पेप भनेर चिनिने दुई आपराधिक गठबन्धनबीच जुलाई ८ मा  सुरु भएको लडाई नयाँ उचाइमा पुगेको छ ।

राष्ट्रसंघका अनुसार जुलाई ८ देखि १७ सम्म २०९ जनाको ज्यान गएको थियो जसमध्ये ११४ गिरोह सदस्य थिए । त्यस्तै, २५४ जनलाई गोली लागेको छ । 





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार ७:४८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया