युक्रेनको ओडेसामा रुसले फेरि गर्‍यो आक्रमण

रुसले युक्रेनको ब्ल्याक सीमामा फेरि आक्रमण गरेको छ । युक्रेनी सेनाका अनुसार ओडेसा र माइकोलाइभलाई निशाना बनाएर रुसले हवाई आक्रमण गरेको हो ।

देशको दक्षिणी तटमा निजी भवन र बन्दरगाह पूर्वाधारमा क्षेप्यास्त्र आक्रमण भएको छ भने ओडेसा क्षेत्रका तटीय गाउँका धेरै निजी भवनमा प्रहार हुँदा तिनमा आगो लागेको छ । 

ओडेसा बन्दरगाहबाट खाद्यान्न ढुवानी पुनः सुरु गर्न मस्को र किएभ सहमत भएको एक साता नबित्दै रुसले बन्दरगाह पूर्वाधारलाई लक्षित आक्रमण बढाएको छ ।

यसैबीच, रुसका एकजना शीर्ष कुटनीतिज्ञले युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न मस्को तयार रहेको दोहोर्याएका छन् । यद्यपि उनले युक्रेनका सहयोगी पश्चिमा देशले त्यो नचाहेको दाबी गरे । 

‘हामीले वार्ता गर्न कहिल्यै अस्वीकार गरेका छैनौँ सबैलाई थाहा वैमनस्य वार्ताको टेबलमा समाप्त हुन्छ,’ रुसी विदेशमन्त्री सर्गेई लाभरोभले मंगलबार युगान्डा भ्रमणको क्रममा भनेका छन् ।    
 
गत मार्चको अन्त्यमा इस्तानबुलमा दुई पक्षबीच भएको बैठकपछि वार्ता अगाडि बढेको उनले बताए । 





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार ७:५८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया