गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक सञ्चालनमा आएको दुई महिनापछि पहिलो चार्टर्ड फ्लाइट अवतरण हुँदैछ । भियतनामको नोइ बाई इन्टरनेसनल एयरपोर्टबाट दुईजना भिक्षु यात्रु बोकेर आउने १२ सिटे एठएक्स प्राइभेट जेट काठमाडौं हुँदै भैरहवामा आज अवतरण हुन लागेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक एवं सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार बुधबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने उक्त जहाज १२ः१५ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।
पाँच दिन सोही विमानस्थलको पार्किङमा रहने उक्त जहाज १६ साउनमा काठमाडौं हुँदै पुनः भियतनाम फर्कने उडान तालिका रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।