अमेरिकी क्लबसँग बराबरीमा रोकियो रियल मड्रिड

प्रि–सिजन क्लब मैत्रिपूर्ण खेलअन्तर्गत आज सम्पन्न खेलमा स्पेनको रियल मड्रिड बराबरीमा रोकिएको छ ।

ऊ अमेरिकाको क्लब अमेरिकासँग २–२ को बराबरीमा रोकिएको हो । रियलका लागि करिम बेन्जेमा र इडेन हाजार्डले तथा क्लब अमेरिकाका लागि  हेनरी मार्टिन र अल्भारो फिडाल्गोले एक/एक गोल गरे ।

खेलको पाँचाैँ मिनेटमा मार्टिनको गोलमार्फत क्लब अमेरिकाले सुरुवाती अग्रता लिएको थियो । २२ औं मिनेटमा बेन्जेमाले रियललाई १–१ को बराबरीमा ल्याए । ५५ औं मिनेटमा हाजार्डले पेनाल्टीमार्फत गोल गर्दै रियललाई २–१ ले अगाडि बढाए । 

८२ औं मिनेटमा फिडाल्गोले पेनाटीमार्फ नै गोल गरेपछि खेल २–२ को बराबरीमा सकिएको हो । 


 





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार १०:४९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया