सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

छापावाल सुन अघिल्लो दिनको तुलनामा दुई सय रुपैयाँले घटेको हो। मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।  

बुधबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको हो।  





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार ११:३६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया