कांग्रेस ठूलो पार्टी हो, चुनावमा कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्छ : शेखर कोइराला
फाइल तस्वीर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताएका छन् । प्रेस युनियन पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले नेपाली कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताएका हुन् । 

उनले कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्ने विषयमा छलफल भइरहेको बताए । उनले गठबन्धनका अन्य दलले सबै कुरा आफूहरु नै हो भन्ने सोचिरहेको उल्लेख गर्दै कांग्रेस नेपालको पुरानो, ठूलो र स्थानीय निर्वाचनमा सबैभन्दा धेरै सिट जितेको पार्टी भएको स्मरण गराए । उनले सबैलाई समेटेर हिँड्ने कांग्रेसको सोच रहेको स्पष्ट पारे ।  

उनले भने – ‘गठबन्धन त गर्ने भनेर भन्यौँ, तर जसरी माओवादीले या एकीकृत समाजवादीले या जनता समाजवादीले कुरा उठाइरहनुभएको छ । उहाँलाई के लागिराखेको छ भने हामी नै सबै कुरा हो भन्ने पनि लागिराखेको छ । त्यस्तो होइन । नेपाली कांग्रेस ठूलो पार्टी हो । पुरानो पार्टी हो । र अहिले स्थानीय निर्वाचनमा पनि सबैभन्दा धेरै सिट जितेको पार्टी हो । त्यसकारण हामी सबैलाई समेटेर हिँडौँ भन्ने हामीहरूको सोच । तर, नेपाली कांग्रेसलाई कम क्षति भएर जाओस् भन्ने मात्रै हो हाम्रो सोच ।’

उनले नेपाली कांग्रेसका पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाको कथनलाई स्मरण गर्दै सहमति, सहकार्य र एकताको भावनाले अगाडि बढे मात्रै कांग्रेसको भविष्य उज्जवल हुने तर्क गरे । नागरिकता विधेयक संसदबाट पारित भएसँगै मधेसमा धेरै जनतामा खुशी छाएको उनको भनाइ छ ।





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार १३:३०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया