उपचारको लागि भारतको नयाँ दिल्लीमा रहेकी नेपाली कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।
चौथाइवालेले आरजुसँग भेट गरेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । चौथाइवालेले ट्विट गर्दै ६ महिनापछि आरजु देउवालाई नयाँ दिल्लीमा भेट्न आउँदा आफू खुसी भएको उल्लेख गरेका छन् ।
आरजु नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा केही दिनदेखि उपचार गराइरहेकी छन् । उनले केही दिनअघि भाजपाको निमन्त्रणामा नयाँ दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसँग समेत भेटेकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।