डेम्बेले र पजानिकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने जाभीको विश्वास

बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले ओसमाने डेम्बेले र मिरालिम पजानिकले नयाँ सिजनमा टोलीका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् ।

मैत्रिपूर्ण खेलअन्तर्गत बुधबार युभेन्टससँग २–२ बराबरीमा रोकिँदा डेम्बेले र पजानिकले प्रभावशाली प्रदर्शन गरेका थिए । सो खेलमा क्लबका लागि दुवै गोल डेम्बेलेले गरेका हुन् । 

डेम्बेलेले  केही समयअघि मात्र बार्सिलोनासँगको सम्झौता नवीकरण गरेका थिए ।

‘डिम्बेलेले फरक किसिमको प्रदर्शनका साथ दुई गोल गरे । उनी स्वभाविक लयमा फर्किएका छन्,’ जाभीले भने, ‘उनी यहाँ खुशी छन् । टोली योजनाको उनी मुख्य पात्र हुन सक्छन् । ’

गत सिजन लोनमा बेसिक्टास गएका पजानिक यसै सिजन क्याम्प नोउ फर्किएका हुन् ।

पजानिकले आफ्नो क्षमता प्रमाणित गरेका छन्, जाभीले भने, टोलीको प्रदर्शनमा उनको उपस्थितिले विशेष अर्थ राख्नेछ ।





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार १५:३९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया