केएल राहुलले वेस्ट इण्डिजविरुद्धको टी–२० सिरिज गुमाउने

भारतीय क्रिकेटर केएल राहुलले वेस्ट इण्डिजविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिज गुमाउने भएका छन् । 

कोरोनाका कारण राहुलले टी–२० सिरिज गुमाउने भएका हुन् । राहुललाई गत साता कोरोना संक्रमण भएको थियो । उनको आइसोलेसन अवधि आज सकिँदै छ । 

तर, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआइ) को मेडिकल टोलीले राहुललाई एक हप्ता आराम गर्न भनेको छ । जसका कारण उनले २९ जुलाईबाट सुरु हुने पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज गुमाउने पक्का भएको हो ।

हर्नियाको सर्जरीपश्चात राहुल हाल बैंगलोरमा रहेको राष्ट्रिय क्रिकेट एकेडेमीमा रिह्याभ गरिरहेका छन् । उनले अगस्टमा हुने जिम्बाबे भ्रमणबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्ने अनुमान गरिएको छ ।





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार १६:७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया