नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्न सकिन्न : माधव नेपाल
फाइल तस्वीर

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्नु नहुने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले नेपाललाई कुनै पनि सैन्य गठबन्धनमा सामेल गराउने कुरा कल्पना पनि गर्नु नहुने बताएका हुन् । 

उनले नेपाललाई सैन्य गठबन्धनमा सामेल नगराउने राजनीतिक पार्टीको अडान हुनुपर्ने र सरकार पनि सो अडानमा खुट्टा नकमाई अगाडी बढ्नुपर्ने बताए । अध्यक्ष नेपालले परराष्ट्र नीति र राष्ट्रिय सुरक्षाको नीतिको मामिलामा राष्ट्रिय सहमती हुनुपर्ने बताए । उनले नेपालले आर्थिक सहयोग लिँदा राष्ट्रिय हीतमा आघात पुग्नेगरी अनुचित शर्त स्वीकार गर्नु नहुने बताए ।

उनले भने – ‘नेपालको हीतमाथि आघात पुग्ने किसिमका अनुचित शर्तहरु राखेर आर्थिक सहायता पनि आउँछन् भने मान्नु हुँदैन भने सैनिक कुरासँग जोडिएको, सुरक्षासँग जोडिएका कुरामा कुनै गठबन्धनमा, कुनै कसैको एलायन्स बनेर जाने कुराको सन्दर्भमा नेपालले सामेल हुने कल्पना नगरे पनि हुन्छ । नेपालीको यो अडान हो । नेपालका राजनीतिक पार्टीको यही अडान हुनुपर्दछ । र त्यो अडानमा अहिलेको सरकारले पनि खुट्टा नकमाईकन अगाडि बढ्नुपर्छ ।’

पूर्वप्रधानमन्त्री नेपालले देशको रक्षाको निम्ति सबै एकतावद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार १७:३६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया