सिंगापुरले श्रीलंकाका पूर्वराष्ट्रपतिलाई थप १४ दिन बस्न दिने

सिंगापुरले श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाई थप १४ दिन बस्न अनुमति दिने भएको छ । सिंगापुरको समाचार संस्था द स्ट्रेट्स टाइम्स श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबायालाई थप १४ दिन बस्न अनुमति दिएको कुरा उल्लेख गरेको छ । 

दुई साताअघि राजपाक्षे निजी भ्रमणमा आएका बेला जारी गरिएको छोटो अवधिको भ्रमण पास १४ दिनका लागि थपिएको अखबारले जनाएको छ ।

गोटाबाया राजपक्षे जुलाई १३ मा विशाल सडक विरोधपछि श्रीलंकाबाट भागेका थिए । जुलाई १४ मा माल्दिभ्स हुँदै सिंगापुर पुगेका थिए । राजपाक्षेले सिंगापुरबाटै जुलाई १५ मा इमेलमार्फत राजीनामा पत्र पठाएका थिए । त्यसपछि उनको स्थानमा पूर्वप्रधानमन्त्री रनिल विक्रमासिंघे राष्ट्रपति बनेका थिए  ।

सिंगापुरको परराष्ट्र मन्त्रालयले पूर्वराष्ट्रपतिलाई निजी भ्रमणमा प्रवेश गर्न अनुमति दिइएको र उनले शरण मागेको पनि नभएको बताएको छ ।

द स्ट्रेट्स टाइम्सको अघिल्लो रिपोर्टमा, सिंगापुरको अध्यागमन र चेकपोइन्ट प्राधिकरणले राजापाक्षेलाई चौध दिनको छोटो अवधि भ्रमण पास प्रदान गरिएको पुष्टि गरेको थियो । 

सिंगापुरले श्रीलंकाका आगन्तुकहरूलाई सामान्यतया तीस दिनको भ्रमण पास दिने गरेको छ ।





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार १८:२१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया