काठमाडौं महानगरले नयाँ बजारको सरकारी जग्गामा ‘यमबुद्ध’को सालिक र पार्क बनाउने

काठमाडौं महानगरपालिकाले काठमाडौंको नयाँ बजारमा डेढ करोड लगानीमा र्यापर ‘यमबुद्ध’को सालिक र पार्क बनाउने भएको छ। मेयर बालेन साहले आफ्नै तलबबाट यमबुद्धको सालिक बनाउने घोषणा गरेका थिए।

महानगरले काठमाडौं नगरपालिका–१६ खुसिबुस्थित नयाँबजारमा रहेको सरकारी जग्गामा पार्क बनाउने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए। नयाँ बजारमा रहेको ७ रोपनी जग्गामा पार्क निर्माण गर्न प्रक्रिया थालिएको मानन्धरले बताए।

यमबुद्ध नेपालका चर्चित यापर थिए। उनले केही वर्षअघि बेलायतको लन्डनमा आत्महत्या गरेका थिए।

उनको स्मरणमा महानगरले सालिक बनाउने निर्णय गरेपछि त्यसको सर्वत्र विरोध भएको थियो । महानगरको निर्णय विवादित बनेपछि मेयर साहले आफ्नै लगानीमा उक्त सालिक निर्माण गर्ने बताएका थिए । 





  • प्रकाशित मिति : साउन ११, २०७९ बुधबार २०:३०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया