मानिसलाई आक्रमण गर्ने बाँदरलाई गोली हानी मारियो

जापानी सहरका बासिन्दालाई हप्तासम्म आतंकित गर्ने बाँदरहरूको गिरोहमध्येको एउटालाई पक्राउ गरी मारिएको अधिकारीहरूले बताएका छन् । उक्त भाले बाँदरलाई मंगलबार साँझ उच्च विद्यालयको मैदानमा विशेष कमिसनका शिकारीले फेला पारेका थिए ।  

सुरुमा यसलाई बेहोस पारिएको थियो । त्यसपछि उक्त बाँदरलाई मारियो । ती बाँदरले झण्डै ५० जनालाई घाइते बनाएका छन् । करिब ३ साताअघि वयस्क र बालबालिकामाथि आक्रमण सुरु भएदेखि अधिकारीहरूले बाँदरको शिकार गरिरहेका छन् । 

बाँदरले हल्का चिर्तोनेदेखि टोक्नेसम्म गरेका छन् । आक्रमणकारी बाँदरका अन्य सदस्यहरूको खोजी जारी रहेको अधिकारीहरूले बताएका छन् ।

आक्रमणकारी अन्य बाँदरहरूको पनि खोजी भइरहेको प्राप्त विवरणमा जनाइएको छ । ‘प्रत्यक्षदर्शीहरूले विभिन्न आकारका बाँदरले हमला गरेको बताएका छन् । नयाँ आक्रमणको रिपोर्टहरू पाइरहेका छौं’ कृषि मन्त्रालयका एक अधिकारीको भनाइ उदृत गर्दै एएफपीले जनाएको छ ।

सुरुमा केटाकेटी र महिलालाई मात्र आक्रमण हुने गरेकोमा बाँदरले पछिल्ला दिनमा वृद्ध र वयस्क पुरुषहरूलाई पनि निशाना बनाएको प्राप्त विवरणमा जनाइएको छ । 





  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार ७:३२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया