वेस्ट इण्डिजविरुद्धको वानडे सिरिज भारतले गर्‍यो क्लिन स्विप
फरकधार / १२ साउन, २०७९

वेस्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिज भारतले क्लिन स्विप गरेको छ । गएराति सम्पन्न खेलमा वेस्ट इण्डिजलाई ११९ रनले हराउँदै भारतले सिरिज ३–० ले क्लिन स्विप गरेको हो । 



पहिला ब्याटिङ गरेको भारतले ३६ ओभरमा ३ विकेट गुमाएर २२५ रन बनाएको थियो । उसका लागि शुभमन गिलले उत्कृष्ट पारी खेले । ९८ बलको सामना गरेका उनले अविजित ९८ रन नै बनाए । त्यसक्रममा गिलले सात चौका र दुई छक्का हिर्काए । त्यस्तै, कप्तान शिखर धवनले ७४ बलमा ५८ रन बनाए ।

वेस्ट इन्डिजका लागि हेडेन वाल्शले दुई तथा अकिल हुसेनले एक विकेट लिए । वर्षा बाधक बनेपछि वेस्ट इन्डिजलाई डकवर्थ लुइस नियमअनुसार ३५ ओभरमा २५७ रनको लक्ष्य दिइयो । उसका लागि ब्रेन्डन किङ र निकोलस पूरनले ४२/४२ रनको पारी खेले ।



बाँकी ब्याटरको प्रदर्शन सन्तोषजनक रहन सकेन । भारतका लागि युजवेन्द्र चहलले चार, मोहम्मद सिराज, शार्दुल ठाकुरले दुई/दुई, अक्षर पटेल र प्रसिद्ध कृष्णाले एक/एक विकेट हात पारे । 



  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार ८:१२:३२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया