फिफाको अनुमतिबिना टिकट बेचे साढे दुई लाख कतारी रियाल जरिवाना
फाइल तस्वीर

नोबेम्बरदेखि आयोजना हुने विश्वकपमा फिफाको अनुमतिबिना टिकट बेच्ने वा साट्नेलाई कतारी रियाल २ लाख ५० हजार जरिवाना हुने भएको छ ।

विश्वकप आयोजना गर्ने उपायसम्बन्धी २०२१ को कानुन नम्बर (१०) अनुसार फिफा र कानुन मन्त्रालयको अनुमतिबिना टिकट जारी गर्ने, बेच्ने, पुनः बिक्री गर्ने वा साटासाट गर्ने जो कोहीलाई २ लाख ५० हजार रियालसम्म जरिवाना हुने प्रावधान रहेको छ । 

कुनै पनि पुरस्कार, चिट्ठा, होटेल तथा उडान प्याकेज वा अन्य कुनै व्यावसायिक प्रयोजनमा फिफाको अनुमतिबिना विश्वकपको टिकट प्रयोग गर्न पाइने छैन । 

त्यस्ता अवैध रूपमा स्थानान्तरण गरिएका टिकट मान्य नहुने र बिनासूचना कुनै पनि समयमा टिकट रद्द गर्न सकिने मन्त्रालयले जनाएको छ ।

नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने प्रतियोगिताका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ ।





  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १३:५१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया