गौतमबुद्ध क्रिकेट रंगशालाको बाँकी काम सक्न बनाइयो समिति
फाइल तस्वीर

नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ । मन्त्रिपरिषद्को साउन ९ गते सम्पन्न बैठकले सहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राविधिक समिति गठन गर्ने निर्णय गरेको हो । 

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीका अनुसार सहरी विकास मन्त्रालयका सहसचिव प्रकृर्ण तुलाधरको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको हो । मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गरेको डा रेग्मीले जानकारी दिए । 

सघन सहरी विकास तथा भवन निर्माण आयोजनाका सिनियर डिभिजन इञ्जिनीयर प्रकाश अर्याल, आर्थिक प्रशासन प्रमुख र लेखा अधिकृत युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्का इञ्जिनीयर राजु श्रेष्ठ सदस्य रहने गरी प्राविधिक समिति गठन गर्ने निर्णय गरेको छ ।

यस्तै युवा तथा खेलकुद मन्त्रालयका शाखा अधिकृत दीपेन्द्र रावल, भरतपुर महानगरपालिकाका लेखा अधिकृत जगन्नाथ अर्याल पनि सदस्य रहने निर्णय भएको उनले जानकारी दिए । 

समितिले २१ दिनभित्र प्राविधिक प्रतिवेदन तयार गरी पेश गर्ने छ । समितिमा आवश्यकता अनुसार राष्ट्रिय सतर्कता केन्द्रलाई समेत राख्ने गरी समिति गठन गरिएको हो । 
 
युवा तथा खेलकुद मन्त्रालयले स्वामित्व ग्रहण गर्ने सम्बन्धमा मन्त्रिपरिषद्मा पेस गरेको प्राविधिक समिति गठनको विषयमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो । 

रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनले काम गर्दै आएकामा कोरोना कहर र आर्थिक अभावको कारण देखाउँदै भरतपुर महानगरलाई स्वामित्व लिन आग्रह गरेको थियो । 



भरतपुर महानगरपालिकाको विसं २०७८ माघ २७ गतेको स्वामित्व लिन नेपाल सरकारलाई अनुरोध गरेअनुसार अध्ययनका लागि प्राविधिक समिति गठन गरिएको हो । 



  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १५:२०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया