देशभर एकैदिन थपिए ७१० संक्रमित, थप २ जनाको मृत्यु
फरकधार / १२ साउन, २०७९

नेपालमा पछिल्लो २४ घण्टामा ७१० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २५ नमुनाको परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

यो अवधिमा २ हजार ५४१ नमुनाको पिसिआर गर्दा ५२४ जनामा र २ हजार ४८४ नमुनाको एन्टिजेन गर्दा १८६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो ।



साथै यही अवधिमा थप २ जनाको कोरोना कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६२ पुगेको छ ।



आज देशभर ४ हजार २३६ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै २१५ जना संक्रमणमुक्त भएका छन् ।

  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १६:३४:५९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया