काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा ३३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २४४, भक्तपुर १६ र ललितपुरमा ६४ जनामा कोरोना देखिएको हो ।
त्यस्तै, आज देशभर ७१० जनामा कोरोना संक्रमण देखिएको छ । यो अवधिमा ५ हजार २५ नमुनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरस सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहमा देखिएको छ । यो समूहमा १६८ जना कोरोना संक्रमण भएको छ ।
त्यसपछि ३१-४० वर्ष उमेर समूहका ११३ जनामा, ४१-५० उमेर समूहका ७३ जना, ११-२० उमेर समूहका ५४ जना, ५१-६० उमेर समूहका ३४ जना, ७१-८० उमेर समूहका २१ जना, ०-१० उमेर समूहका ९ जना र ८० भन्दा माथिका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज देशभर २ जनाको कोरोना कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६२ पुगेको छ ।
आज देशभर ४ हजार २३६ जना सक्रिय संक्रमित रहेका छन् भने २१५ जना संक्रमणमुक्त भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।