आँखा चिह्नका लागि समावेशी लोकतान्त्रिक पार्टीका नेताहरूसँग डा. भट्टराईको छलफल

जनता समाजवादी पार्टीको कारबाहीमा परेका डा. बाबुराम भट्टराईले समावेशी लोकतान्त्रिक पार्टीका नेताहरूसँग छलफल गरेका छन् । छुट्टै दल गठनको तयारीमा रहेका उनले बिहीबार उक्त पार्टीका अध्यक्ष दीपक लामिछानेलगायत नेतासँग भेट गरेका हुन् । 

०७४को निर्वाचनअघि नेकपा माओवादी केन्द्रबाट अलग भएका डा. भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेका थिए । उनले सोही निर्वाचन चिह्नबाट निर्वाचनमा भाग लिएका थिए । पछि जसपासँग एकीकृत भएपछि आँखा चिह्न राखेर लामिछानेले समावेशी लोकतान्त्रिक पार्टी गठन गरेका थिए ।

जसपाले कारबाही गरेपछि उनले दल दर्ताका लागि राजनीतिक छलफललाई तीव्र बनाएका छन् । त्यसबेला डा.भट्टराईकै निर्देशनमा लामिछानेले उक्त दल निर्वाचन आयोगमा दर्ता गराएको चर्चा चलेको थियो । 





  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १७:४२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया