धितोपत्र बोर्डले क्षतिपूर्ति कोष सञ्चालन गर्ने

धितोपत्र बोर्डले सेयर लगानीकर्तालाई क्षतिबाट बचाउनका लागि क्षतिपूर्ति कोष सञ्चालन गर्ने घोषणा गरेको छ । बिहीबार धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आर्थिक वर्ष ०७९/०८० को बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । 

क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउनका लागि  चालू आर्थिक वर्षभित्रै कानुनी आधार तयार पार्ने बताउँदै अध्यक्ष हमालले धितोपत्र बजारको दायरा बढाउने, बुक बिल्डिङलाई प्रभावकारी बनाउन अटोमेटिक अक्सन सिस्टम लागू गर्ने योजना रहेको बताए । 

५ अर्बभन्दा बढीको कारोबार गर्ने कम्पनीलाई आइपिओ अनिवार्य हुने कानुन बनाउने तथा नयाँ ब्रोकर थप्ने योजना रहेको उनले जानकारी दिए । अध्यक्ष हमालले वैदेशिक रोजगारीमा रहेका नेपालीले लगानी गर्न सक्नेगरी सिआश्वाको व्यवस्था गर्ने र एनआरएनएले लगानी गर्नसक्ने ढोका खोल्ने पनि बताए । 

धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीको सेयर कारोबार गर्न एसएमइज प्लेटफर्म सञ्चालनमा ल्याउने अध्यक्ष हमालले बताए । हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से)को एउटै प्लेटफर्मबाट सेयर खरिदबिक्री हँुदै आएको भन्दै चालू आवदेखि साना तथा मझौला कम्पनीका लागि छुट्टै प्लेटफर्म सञ्चालनमा ल्याउने उनले बताए । 

हमालले व्यावसायिक कृषि कम्पनीलाई धितोपत्र बजारमा भित्र्याउन नयाँ स्टक डिलर कम्पनी सञ्चालन ल्याउने बताए । बोर्डबाट सम्पादन गरिने कार्यहरुलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाई छिटोछरितो सेवा प्रवाह गर्ने एवं विद्यमान जनशक्तिको क्षमता विकासका लागि उच्चस्तरीय तालिम प्रदान गर्ने साथै भौतिक पूर्वाधार विकास गरिने उनको भनाइ छ । 

बजारमा हुने चलखेल र अनुचित क्रियाकलापलाई निरुत्साहित गर्न विश्वस्तरीय प्रविधि एवं प्रविधि सञ्चालनमा चाहिने जनशक्ति तयार गरी सुपरीवेक्षण प्रणालीलाई आर्टिफिसिल इन्टेलिजेन्स (एआई)मा आधारित रेन्जटेच मार्फत चुस्त, दुरुस्त बनाउने उनको भनाइ छ । 



बोर्डमा धितोपत्र दर्ता तथा अनुमतिका लागि पेस भएका निवेदनहरुलाई मेरिट बेस फाइल एप्रुभल सिस्टमका आधारमा प्रक्रिया अगाडि बढाइने बताउँदै उनले वास्तविक क्षेत्र तथा अन्य क्षेत्रका कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गर्नका लागि आवश्यक हुने नीति कार्यविधि तथा प्रविधिको व्यवस्था मिलाइने पनि बताए । 
 



  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १८:९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया