शिव परियारको रक मेलोडीको गीत ‘रिमझिम यादहरू’ सार्वजनिक

गायक शिव परियारको स्वरमा रहेको रक मेलोडीको गीत ‘रिमझिम यादहरू’ सार्वजनिक गरिएको छ । आधुनिक, शास्त्रीय तथा गजल गायनमा पोख्त रहेका गायक परियारको पहिलो रक मेलोडीको गीत ‘रिमझिम’ सार्वजनिक गरिएको हो । 

दुई दशकभन्दा लामो समयदेखि गायन क्षेत्रमा रहेका गायक परियारले पहिलोपटक रक मेलोडीको गीत रिमझिममा स्वर दिएका हुन् । 

‘२२ वर्षदेखि गायन क्षेत्रमा छु । पहिलोपटक रक मेलोडीमा स्वर दिएको छु । सुरुमा गर्न सक्दिनँ कि भन्ने थियो । तर, न्यायपूर्वक गाएको छु,’ गायक परियारले भने, ‘दर्शक र श्रोताले मन पराउनुहुन्छ भन्ने विश्वास छ ।’

अमेरिकामा रहेका सर्जक स्रष्टा अनुप पहारीको रिमझिम यादहरूमा शब्द सिर्जना र संगीत छ । सर्जक पहारीको शब्द र संगीतमा रक मेलोडीमा स्वर दिन चुनौती भए पनि न्याय गर्न सकेको गायक परियारको भनाइ छ ।  

मनोसंवाद शैलीमा प्रेमकथामा रहेको उक्त गीतमा हरेक स्रोताले आफ्नै कथा भेट्न सक्ने उनको दाबी छ । 

फूलबुट्टे सारीजस्ता चर्चित गीतको भिडियो निर्देशन गरेका राजेश पुमा राईले निर्देशन गरेको रिमझिम यादहरुको भिडियोमा निराजन प्रधान र करूणा श्रेष्ठलाई फिचरिङ गरिएको छ । 



 

उत्सव दाहालको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । सर्जक अनुप पहारी निर्माता रहेको गीतको भिडियोमा क्रियटिभ डाइरेक्टरको रुपमा राजु गुरुङ छन् ।



  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १८:१३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया