रामचन्द्र पौडेल-भारतीय राजदूत भेटवार्ता

नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । 

पौडेल निवास बोहोराटारमा पुगेर राजदूत श्रीवास्तवले उनीसँग भेटवार्ता गरेको नेता पौडेलको सचिवालयले जनाएको छ । 

राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले पौडेलसँग शिष्टाचार भेट गरेको यो पहिलोपटक हो । भेटका क्रममा वरिष्ठ नेता पौडेलले राजदूत श्रीवास्तवलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको बताइएको छ । 





  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १८:२१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया