सबैको समन्वयबाट सहरी व्यवस्थापनमा नतिजा ल्याउँछौँ : बालेन शाह
पशुपतिमा रोपियो संखुवासभाबाट ल्याएका रुद्राक्षका विरुवा

काठमाडौंको पशुपति क्षेत्रमा खाँदबारीबाट ल्याइएका रुद्राक्षका विरुवा रोपिएका छन् । 

आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), खाँदबारी नगरका प्रमुख महेश थपलियाले संयुक्त रुपमा विरुवा रोपेका हुन् । 

बर्खायाममा निरन्तर विरुवा रोप्ने गरी आज सांकेतिक रूपमा मन्दिरको मुख्य प्रवेश द्वारको अगाडि पश्चिम उत्तरतर्फ विरुवा रोपिएको हो । 

विरुवा रोप्ने कामको थालनीपछिको संक्षिप्त प्रतिक्रियामा मन्त्री श्रेष्ठले पशुपति क्षेत्रको गरिमा बढाउन धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व भएका वनस्पति रोप्न कामलाई निरन्तरता दिइने बताए । 

यसैगरी, महानगरका प्रमुख शाहले सबैको समन्वयबाट सहरी व्यवस्थापन र विकासलाई दिगो बनाउने चाहना रहेको उल्लेख गरे । 

काठमाडौं महानगरका प्रमुखलाई भेटेपछि पशुपति क्षेत्रमा रुद्राक्षका विरुवा रोप्ने योजना बनेको खाँदबारी नगरका प्रमुख थपलियाको भनाइ थियो । 



पशुपति क्षेत्रमा रोप्नका लागि खाँदबारी नगरपालिकाले ३ सय ५० वटा विरुवा पठाइसकेको छ । 



  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १८:३३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया