सरकारले सुशासन कायम गर्न सकेन : डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित डा. दीपकप्रकाश बास्कोटाद्वारा लिखित ‘निष्ठाको यात्रा’ नामक कृतिको लोकार्पण एवं ‘वैदिक नेपालको भविष्य’ नामक समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । 

नेपाललाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन दिन सक्नुपर्ने नेता कोइरालाले बताए । अहिलेका राजनीतिकर्मीहरु जनताबाट धेरै टाढा भइसकेको बताउँदै उनले राजनीति गर्नेहरुले जनतासँग जोडिन आवश्यक रहेको बताए । 

नेता कोइरालाले जनतासँग जोडिन कन्जुस्याइँ गर्दा जनताले राजनीतिको फाइदा लिन नसक्ने जिकिर गरे । ‘जनतासँग नजोडिइकन हामी राजनीति गर्न थाल्यौँ भने राजनीतिज्ञ त होऔँला, तर वास्तवमा जनताले त्यसको फाइदा राजनीतिज्ञबाट लिन पाउँदैनन्,’ नेता कोइरालाले भने, ‘त्यसकारण हामी जो राजनीति गर्छौं, जनतासँग जोडिन अत्यन्त जरुरी छ ।’

अहिले नेपाल अत्यन्त अफ्ठ्यारो परिस्थितिबाट गइरहेकाले राज्यलाई कसरी जोगाउने भन्नेबारे सबैभन्दा पहिला सोच्नुपर्ने उनले बताए । राष्ट्र रहे मात्र नागरिक रहने उल्लेख गर्दै उनले भने, ‘यसैगरी घिचघिच गरेर देश चलाउने हो भने हामी कहीँको रहँदैनौँ । देश कता पुग्छ, कसरी जान्छ भन्ने हामी सबैलाई चिन्ता छ ।’

नेपाल श्रीलंका नबनोस् भन्नका लागि दण्डहीनता र भ्रष्टाचार निर्मुल गर्नुपर्ने जरुरी रहेको उल्लेख गर्दै उनले भने, ‘सुशासन दिन सक्नुपर्छ । यो देशमा सुशासन छँदै छैन भने पनि हुन्छ ।’

सरकारको अहिलेको गति र काम गर्ने शैली सही नभएको आरोप लगाउँदै उनले आलस्य गरेर सत्ता सञ्चालन गर्दा देशको स्थिति कहीँको नरहने बताए । 
 





  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १९:०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया