लगातारको वर्षाले घर भत्कियो, पीडित परिवारको त्रिपालमुनि वास

बैतडीमा एक घर भत्किएको छ । लगातारको वर्षाका कारण जिल्लाको दशरथचन्द नगरपालिका वडा नं ५  सेलौटीका देविराम लोहारको दुइतले  घर भत्किएको हो ।

बुधबार  दिउँसो  घर भत्किएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । स्लेटले छाएको घर भत्किँदा गोठमा बाँधेका बाख्रा मरेका छन् । मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोकराज जोशीले जानकारी दिए ।

दिउँसोको समयमा मान्छेहरु घरबाहिर रहेकाले मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ । ११ जनाको परिवार बस्ने घर भत्किएपछि अहिले लोहार परिवार त्रिपालमुनि बसिरहेको प्रहरी प्रवक्ता जोशीले बताए । लोहारको परिवारलाई नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले  कम्बल र त्रिपाललगायतका सामग्री दिएको छ । 

लोहारको परिवारलाई  खाद्यान्न सहयोग गरिएको छ । दशरथचन्द नगरपालिकाले पाँचवटा कम्बल र अन्य खाद्यान्न सामान सहयोग गरेको  नगरपालिकाका विपद् सम्पर्क व्यक्ति विनोदबहादुर चन्दले बताए ।





  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १९:३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया