जुम्लामा जात्रा अवधिभर मदिरा बेचविखनमा रोक

जुम्लामा कर्णालीकै लामो तथा ठूलो जात्रालाई मध्यनजर गरी मदिरा बेचबिखनमा रोक लगाइएको छ । नेवार समुदायको प्रमुख पर्वको रूपमा रहेको जात्रालाई मध्यनजर गरी जिल्ला प्रशासनले मदिरा बेचविखनमा रोक लगाउने निर्णय गरिएको हो । 

त्यस्तै, जात्रा अवधिभर खानेपानीको व्यवस्था गर्नका लागि खलंगा खानेपानी उपभोक्ता समिति र उद्योग वाणिज्य संघलाई आग्रह गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् । उनका अनुसार जात्रा अवधिभर अस्थायी स्वास्थ्य शिविर र प्राथमिक उपचारको व्यवस्था गर्न जनस्वास्थ्य सेवा कार्यालय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चन्दननाथ नगरपालिकालाई अनुरोध गरिएको छ ।

 त्यस्तै, फोहोरमैला व्यवस्थापनलाई मध्यनजर गरी अस्थायी शौचालय बनाउने निर्णय गरिएको छ । प्रअिज प्रसाईंले सो अवधिभर ट्राफिक व्यवस्थापका लागि जिल्ला प्रहरी जुम्लालाई आग्रह गरिएको बताइन् । 

जात्रालाई  मध्यनजर गरी नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रलाई अनुरोध गर्ने निर्णय गरिएको छ । जात्रा हेर्न आउने जात्रालुलाई मध्यनजर गरी स्वयंसेवक परिचालन गरिनेछ । यही साउन १० गतेबाट विधिवतरुपमा जात्रा सुरु गरिने भएको छ । उनका अनुसार पछिल्ला केही वर्षयता जुम्लामा मनाइने जात्राको परम्परागत मूल्य मान्यतामा फरक देखिन थालेको छ ।

नागरिक समाजका अध्यक्ष राजबहादुर महतले जात्रालाई व्यवस्थित बनाउनका लागि सुरक्षाकर्मी र सरोकारवाला सबैको सहयोग गर्नुपर्ने बताए । 

त्यस्तै नेपाल पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले संस्कृतिसँग जोडिएका विकृति हटाउनुपर्ने बताइन् । शाहीले, जुम्लामा  देखाइने जात्रामा महिलाले प्रयोग गर्ने भित्री वस्त्रहरूको प्रदर्शन रोक्नुपर्ने बताइन् । 



खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयका प्रमुख डाक्टर ईश्वर सुवेदीले  संस्कृति, र धर्ममा नाममा उठाइने शुल्क स्वेच्छिक गर्नुपर्ने बताए । 

प्रमुख जिल्ला अधिकारी प्रसाईंले संस्कृति बचाउने नाममा गरिने विकृति हटाएर समाजमा सचेतनामूलक सन्देश दिन जरुरी रहेको बताइन् । 



  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १९:४९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया