केन्यामा खडेरीले ८ महिनामा मरे १७९ हात्ती

नैरोबी–केन्यामा जलवायु परिवर्तनले ठूलो संख्यामा हात्ती मर्न थालेका छन् । एक रिपोर्टअनुसार केन्याली सरकारले जलवायु परिवर्तन हात्तीका लागि शिकारीभन्दा पनि ठूलो खतरा भनेको छ ।

विश्वको सबैभन्दा ठूलो पार्कमध्ये एक साभो राष्ट्रिय निकुञ्जमा पछिल्लो आठ महिनामा मात्रै १७९ हात्ती मरेका छन् ।

'पछिल्ला आठ महिनामा नौ हात्तीको तस्करी भएको छ जबकी यो अवधिमा खडेरीका कारण १७९ हात्ती मरेका छन् । यो ठूलो संख्या हो । जलवायु परिवर्तनबारे छलफल गर्ने समय आएको छ’ केन्याका पर्यटन मन्त्रालयका सचिव नाजिब बलालाले स्थानीय सञ्चारमाध्यमलाई भने ।

जलवायु परिवर्तनको असरलाई ध्यानमा राखेर खतरालाई सम्बोधन गर्न सरकारले राष्ट्रिय वन्यजन्तु जलवायु परिवर्तन अनुकूलन रणनीति २०२२–२०३ तयार पारेको उनले बताए ।





  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार २१:०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया